२०८१ जेष्ठ ९, बुधबार

सरकार ढाल्ने खेल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक-पटक सरकार ढाल्ने प्रयास भइरहेको दाबी गरेका छन् ।

पार्टी कार्यालयमा आयोजित बागमती, उपत्यका र सम्पर्क समन्वय प्रदेशको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।उनले कात्तिकभित्रै जसरी पनि सरकार ढाल्ने खेल भइरहेको बताए । सरकार बनेको दिनदेखि नै गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भएको उनको दाबी छ ।

भ्रष्टाचार र भूमाफियाविरुद्धको अभियान सुरु भएपछि झन् सरकारविरुद्ध आक्रामकरूपमा षड्यन्त्र भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस्