बाक्लो हुस्सु र शितलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटबल सडकखण्डको दाउन्नेमा सडक अवरुद्ध भएको छ।
राती साढे एक बजेदेखि अवरुद्ध भएको बाटो विहान केही बेर एकतर्फी खुले पनि पुन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बताए।
नवलपरासीको बर्दघाट नगरपालिका–४ खुर्सानी खोलामा बाक्लो हुस्सु लागेको र शितलहर पनि चलेकाले बाटो चिप्लो हुँदा सडक अवरुद्ध भएको हो।
बर्दघाटदेखि दुम्किबाससम्म अहिले सवारी साधनको दोहोरो लाम लागेको छ।
यता नवलपुर खण्डको दुम्किबासदेखि दाउन्ने सम्म सडक विस्तारको क्रममा पहाड काट्ने काम चलेकोले हिजोदेखि दाउन्नेको नवलपुर खण्ड पनि एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।







प्रतिक्रिया लेख्नुहोस्