डा. निकोलस भुसाल धरौटीमा रिहा भएका हुन्। उनी ५० हजार धरौटीमा रिहा भएका हुन्।
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक गरेपछि भुसाल पक्राउ परेका थिए। त्यसपछि उनीविरुद्ध विद्युतीय कारोबार ऐन (साइबर अपराध) को कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। जिल्ला अदालत कास्कीमा भएको थुनछेक बहसपछि उनी ५० हजार धरौटीमा रिहा भएका हुन्।
भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले १ लाख लाख जरिवानाका साथै ५ वर्ष कैद सजायको माग गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्