२०८३ अशोज २२, बिहिबार

वैदेशिक रोजगारीका लागि ‘जापान पठाइदिन्छु’ भनी करोडौं रुपैयाँ ठग्ने एक महिला पक्राउ

वैदेशिक रोजगारीका लागि ‘जापान पठाइदिन्छु’ भनी विभिन्न व्यक्तिसँग करोडौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–५ निवासी २३ वर्षीया तिर्सना बाठा मगर पक्राउ रहेकी छन्। उनले विभिन्न व्यक्तिहरूसँग १४/१५ लाखको दरले १ करोड २३ लाख रुपैयाँ संकलन गरी दुईरतीन महिनायता सम्पर्कविहीन भएकी थिइन्। वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता भएसँगै प्रहरीले उनको खोजी गरिरहेको थियो।

प्रहरीको विशेष अनुसन्धानपछि कोहलपुरबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइसकेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्