२०८३ असार २०, शनिबार

संसद भवनको गेटभित्र नै प्रदर्शनको तयारी गरिरहेका तीन पक्राउ

संसद भवन परिसरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

संसद भवनको गेटभित्र नै प्रवेश गरेर प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई आइतबार अपराह्न प्रहरीले पक्राउ गरेको हो।  प्रहरीले उनीहरुको परिचय खुलाएको छैन। उनीहरु प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेको बेला पक्राउ गरिएको बताइएको छ।

प्रधानमन्त्रीले आइतबार संसदमा सांसदसँग प्रश्नोत्तर गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्