२०८३ असार २०, शनिबार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४ लाख ठगी गर्ने व्यक्ति पक्राउ

युएई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३० वर्षीय दिपेश श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै उनले पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए। पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्