नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ। मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको हो।
थापाले २०३५ सालमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए। उनकै अग्रसरतामा निमित्त आईजीपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएको थियो।
सन् २०१३ मा थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान ९महाराजगञ्ज०बाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए।
प्रतिक्रिया लेख्नुहोस्