नेकपा एमालेमा नयाँ पदाधिकारी टिम बनेको छ । काठमाडौं भृकुटीमंडपस्थित मंसिर २७ गतेदेखि भएको निर्वाचनपछि नयाँ टिम बनेको हो ।
यसपटक एमालेको नेतृत्वका लागि दुई समूहबीच निर्वाचन भएको थियो । अध्यक्षमा केपी शर्मा ओली र अर्का ईश्वर पोखरेलबीच प्यानल नै बानएर प्रतिस्पर्धा भएको थियो ।
एमाले नेतृत्वमा सबैजसो केपी शर्मा ओली प्यानलबाटै पदाधिकारीका उम्मेदवारहरू निर्वाचित भएका छन् । उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट बाहेक सबै ओली प्यानलबाट पदाधिकारी निर्वाचित भएका हुन् ।
यसपटक एमालेबाट ८ जनाको इन्ट्रि भएको छ । उपाध्यक्षमा निर्वाचित भएका रघुजी पन्त पदाधिकारीमा नयाँ हुन् ।
त्यस्तै, अन्य ७ जना सचिवहरूले पनि पहिलोपटक यस टिममा इन्ट्रि गरेका छन् ।
पहिलोपटक यस टिममा इन्ट्रि गर्नेहरुको नाम :
राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, हिक्मत कार्की र महेश बस्नेत छन् ।







प्रतिक्रिया लेख्नुहोस्