अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गरेको छ । ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जानेगरी गोलीकाण्ड भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गरेका हुन् ।
ब्राउन युनिभर्सिटी घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए । उनी सन् २०१७ मा विविधता लटरी आप्रवासी भिसा कार्यक्रम (डीभी) मार्फत् अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका थिए ।
होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमका अनुसार उक्त योजनाका कारण अब कुनै पनि अमेरिकीलाई हानि नहुँने बताइन् ।







प्रतिक्रिया लेख्नुहोस्