२०८३ बैशाख २६, शनिबार

राष्ट्रपति पौडेल माघ १८ गते जापान जाँदै

राष्ट्रपति रामचन्द्र पौडेलले जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । राष्ट्रपति पौडेल माघ १८ गते जापान जाने भएका हुन् ।

परराष्ट्र मन्त्रालयका स्रोत अनुसार राष्ट्रपति पौडेल चार दिने औपचारिक भ्रमणका लागि जापान प्रस्थान गर्दैछन् ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध गाँसिएको ७० वर्ष पुगेको विशेष अवसर पारी उनी जापान जान लागेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्