अछाममा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सदरमुकाम मंगलसेनबाट कैलालीको टिकापुरका लागि छुटेको ना ६ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको अछामका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । प्रजिअका अनुसार बसमा ३८ जना यात्रु सवार थिए। दुर्घटनामा १० जना घाइते भएका छन्।
उनीहरुमध्ये ६ जनालाई जिल्ला अस्पताल मंगलसेन र ४ जनालाई बयलबाटा अस्पताल लगिएको छ। मृतकको पहिचान खुलिसकेको छैन।







प्रतिक्रिया लेख्नुहोस्