नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अर्को सूचना नभएसम्म निरन्तर गर्ने भएको छ।
यसअघि भदौ १४ गतेसम्म उपलब्ध गराइएको यो सुविधाअन्तर्गत सेवाग्राहीले निःशुल्क भ्वाइस कल, दैनिक २ जीबी डेटा र ५० वटा एसएमएस प्रयोग गर्न पाएका थिए। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सहज बनाउन टेलिकमले सेवा थप समयका लागि निरन्तरता दिएको हो।
बाढीका कारण टेलिकमका केही संरचनामा क्षति पुगे पनि अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी संरचना सञ्चालन गर्न तथा सेवा नियमित बनाउन प्राविधिक टोली परिचालन गरिएको टेलिकमले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्