नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव निकालिएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक ९एसपी० विपिन रेग्मीका अनुसार बेत्रावतीमा रहेको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो।
एसपी रेग्मीका अनुसार प्रहरीले आफ्नो क्षमताले भ्याएसम्म खोजी गर्दा ती शव फेला पारेको हो। घरको अन्य क्षेत्रमा समेत खोजी गर्न बाँकी रहेको उनले बताए।
फेला परेका शवको मुचुल्का उठाएर पहिचान गर्ने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म कुनै पनि शवको सनाखत हुन सकेको छैन।
मुचुल्काको काम सकिएपछि शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइने एसपी रेग्मीले बताए।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेत्रावती क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। सोही बाढीपछि एउटै घरभित्र २४ जना मृत फेला परेका हुन्।
प्रहरीले अझै अन्य सम्भावित स्थानमा खोजी कार्य जारी राखेको जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्