गोरखामा आइतबार बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप सिरानचोक गाउँपालिका–२ थालाजुङमा दुर्घटनामा परेको हो। जिप सडकको नालामा खसेर भित्तामा ठोक्किँदा काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिरानचोक गाउँपालिका–७ का ६८ वर्षीय कमलबहादुर घिमिरे, ४८ वर्षीया सीता पाण्डे, लोकबहादुर खड्का र ७३ वर्षीय कुलबहादुर सार्की घाइते भएका छन्।
त्यस्तै, सिरानचोक–६ सिम्लेकी ६८ वर्षीया सीता गुरुङ, वडा नम्बर ७ डाँडागाउँकी २७ वर्षीया रेजिना नेपाली र उनकी २१ महिनाकी छोरी रेविका नेपाली पनि घाइते भएका छन्।
घाइतेहरूको अवस्था र दुर्घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्