संसद् अधिवेशनको विषयमा छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा थालिएको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा एमालेले खेल्ने भूमिकाबारे जानकारी गराउने प्रमुख सचेतकले जानकारी दिएका छन् । पार्टी निर्णयअनुसार माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही नगरेको भन्दै एमालेले सभामुख सापकोटाको भूमिका निष्पक्ष नभएको टिप्पणी यसअघि नै गरेको थियो ।
यो विषयलाई लिएर एमालेले संसद्मा कडा रूपमा प्रस्तुत हुने संकेत यसअघि नै दिइसकेको छ । दिउँसो चार बजे संसद्को अधिवेशन सुरु हुँदै छ ।







प्रतिक्रिया लेख्नुहोस्