२०८३ बैशाख २६, शनिबार

संसद् विघटन गर्नु संविधानमाथि प्रहार होइन: प्रदिप ज्ञावली

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले संसद् विघटन गर्नु संविधानमाथि प्रहार नभएको बताएका छन् । संसद् विघटन गर्दा संविधानमाथि प्रहार हुन्छ र ? भन्दै उनले प्रश्न गरेका छन् ।

उनले एउटा अन्तरवार्तामा भने, ‘जनताको बीचमा गएर नै लोकतन्त्र बलियो हुन्छ । तर हामीकहाँ जनताले फैसला गर्न पाउने कुरालाई अदालतमा जिम्मा लगाएका छन् । संविधानको मर्मबाट विचलन हुनुमा समस्या हो । नैतिकता र बारबन्देज नाघेर सत्तालिप्सा देखाउनु पो समस्या हो ।’ सभामुख अग्निप्रसाद सापकोटाका कारण संसद् अवरुद्ध हुन पुगेको उनले जानकारी दिएका छन् ।

ज्ञवालीले भने, ‘संसदीय प्रणालीमा सरकार सत्तापक्षको हुन्छ, संसद् विपक्षको । तर एमालेलाई जसरी पनि विभाजित गर्ने गलत कानुन ल्याइयो । पार्टी अनुशासन नमान्ने १४ सांसदमाथि गरिएको कारबाही निर्वाचन आयोग र सभाुमखले कार्यान्वयन गरेनन् । सभामुखको भूमिका निष्पक्ष भएन । देशमा दुइटा कानुन भएजस्तो गरे ।’

प्रतिक्रिया लेख्नुहोस्