२०८३ जेष्ठ ४, सोमवार

एमालेको जारी महाधिवेशनको अन्तिम दिन पत्रकारलाई प्रवेश दिइने

नेकपा एमालेको जारी महाधिवेशनको अन्तिम दिन पत्रकारहरुलाई प्रवेश दिइने भएको छ ।

आइतबार ११ बजेदेखि पत्रकारहरुलाई महाधिवेशन हलमा प्रवेश दिने निर्णय भएको महाधिवेशन मुल व्यवस्थापन समितिका सचिवले जानकारी दिएका छन् ।

आइतबार पाँच समुहका टोली नेताले सुझाव पेश गरेपछि अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले उठेका प्रश्नको जवाफ दिएर महाधिवेशन सक्ने तयारी छ ।

प्रतिक्रिया लेख्नुहोस्