२०८३ बैशाख २७, आइतवार

सत्तारूढ गठबन्धन आउँदो चुनावसम्मै रहन्छ – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन आउँदो चुनावसम्मै रहने बताएका छन् ।

‘गठबन्धन पुरै समय रहन्छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ।’

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ। प्रधानमन्त्री देउवा बेलायत भ्रमण गरी स्वदेश फर्किएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्