२०८३ बैशाख २७, आइतवार

कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारद्धारा पदभार ग्रहण

कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले शुक्रवार पदभार ग्रहण गरेका छन् ।

पदबहाली गरेका प्रदेश प्रमुख परियारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार शर्मा, सचिव तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरे ।

स्वागत कार्यक्रममा प्रदेश प्रमुख परियारले संविधानले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारप्रति दृढ रहेर सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया लेख्नुहोस्