२०८३ बैशाख २४, बिहिबार

सांसद नबिना लामा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै

प्रतिनिधिसभा सांसद तथा अनेरास्ववियुकी पूर्व अध्यक्षसमेत रहेकी नबिना लामाले नेपाल कम्युनिष्ट पाार्टी (एमाले)को आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् ।

उनले विद्यार्थी आन्दोलन लगायत कम्युनिष्ट आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्दै आएकी छन् ।

उनी आगामी मंसिर १०, ११ र १२ गते चितवनमा सम्पन्न हुने एमाले महाधिवेशनका लागि लामा महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकी छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्