२०८३ बैशाख २७, आइतवार

अमेरिकी सहायक विदेशमन्त्री र ओलीबीच छलफल

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । शुक्रवार अमेरिकी सहायक विदेश मन्त्री लूले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

शिष्टाचार भेटमा मन्त्री लूले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगार लगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिवद्धता जनाएको नेकपा एमालेका विदेश विभाग प्रमुखले बताएका छन् । उनले मन्त्री लूले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले केही नयाँ क्षेत्र (क्लिन इनर्जी) को क्षेत्रमा पनि सहयोग गर्ने चासो दिएको बताएका छन् ।

मन्त्रीले एमसीसीको बारेमा राखेको प्रश्नको उत्तरमा अध्यक्ष ओलीले आफू सरकारमा नभएको बेलामा बोल्ने स्थिती नभएको भन्दै सरकारमा भएका दलहरुले गरेको निर्णय हेरेर आफ्नो निर्णय बनाउने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्