२०८३ बैशाख २७, आइतवार

नेकपा माओवादी केन्द्रको शनिबार सम्पन्न वडा सम्मेलन ८० प्रतिशत सर्वसम्मत

नेकपा माओवादी केन्द्रको शनिबार सम्पन्न वडा सम्मेलन ८० प्रतिशत सर्वसम्मत भएको छ।

देशभरका ६ हजार ७ सय ४३ वडा मधये २० प्रतिशत वडा सम्मेलन आइतबार हुने भएको हो।

‘कुल ६ हजार ७ सय ४३ वडामध्ये ८० प्रतिशत सर्वसम्मत भयो। वाँकी रहेका १० प्रतिशत वडामा भएका मेला, जात्रा, विवाह र मृत्यु भएका कारण रोकिएका छन्। अरु १० प्रतिशतमा सर्वसम्मत हुन नसकेपछि विवाद छ,’ केन्द्रीय निर्वाचन आयोगका अध्यक्षले भने, ‘आइतबार मेला जात्रा, विवाह मृत्यु भएका कारण रोकिएका वडामा सर्वसम्मत भइहाल्छ। अरु १० प्रतिशत वडामा निर्वाचन गर्ने स्थिति देखिएको छ। आज सर्वसम्मत नभए चुनाव गराउँछौ।’

प्रतिक्रिया लेख्नुहोस्