२०८३ बैशाख २४, बिहिबार

भीम रावलले भने-नेतृत्वबाटै गुटबन्दी हुँदा पार्टी फुट्यो

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमै बसेर गुटबन्दी गर्दा पार्टी कमजोर भएर फुटमा परिणत भएको बताएका छन् । एमालेको १०औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दै उपाध्यक्ष रावलले ओलीका कारण पार्टी विभाजन भएको बताएका हुन् ।

“शीर्ष कार्यकारी तहको नेतृत्वपङ्क्तिबाट नै गुटबन्दी हुने कार्यले पार्टीको शक्ति र प्रभावलाई कमजोर पार्दै अन्ततः फुटको दिशामा धकेल्ने तथ्यको पुष्टि भइसकेकाले गुटबन्दीबाट पार्टीलाई मुक्त गरी यसको समग्र क्षमताको सुदपयोग हुने र विषयवस्तुमा विवेकसम्मत किसिमले छलफल हुने स्थिति निर्माण गर्ने,” उनले आफ्नो उम्मेदवारीका विषयमा तयार पारेका वक्तव्यको ८औँ मान्यतामा लेखेका छन्, “निर्णय प्रक्रिया संस्थागत नहुने र केही व्यक्ति–समूह हुँदै व्यक्तिमा केन्द्रित हुने स्थितिको अन्त्य गर्ने ।”

पार्टीलाई विधि, पद्धति, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको प्रणाली अनुरूप सञ्चालन गर्ने उनको प्रतिबद्धता छ । “पार्टी कमिटी र जनसंगठनको सञ्चालन घोषित सिद्धान्त, पद्धति र लक्ष्य अनुरूप गर्ने,” उनले आफ्नो उम्मेदवारकिो औचित्यका विषयमा प्रष्ट पार्दै लेखेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्