नेपाली कांग्रेसको सुनसरी १ को सभापतिमा लक्ष्मी खतिवडाले उम्मेदवारी दिएकी छन्।महिला विभागको केन्द्रीय सचिव समेत रहेकी खतिवडाले सुनसरी १ को सभापतिमा प्रतिस्पर्धा गर्न लागेकी हुन्।
धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई उक्त क्षेत्रको सभापतिमा लड्ने चर्चा थियो। राई पछि हटेपछि खतिवडा उम्मेदवार बनेको जानकारी दिइएको छ । धरानमा पत्रकार सम्मेलन गरी संस्थापन पक्षले सुनसरी १ बाट खतिवडाको उम्मेदवारी घोषणा गरेको छ।
खतिवडाले तरुण दल र नेविसंघको राजनीति गर्दै पार्टी राजनीतिमा प्रवेश गरेकी थिइन्।







प्रतिक्रिया लेख्नुहोस्