२०८३ बैशाख २७, आइतवार

जुम्ला माओवादीको ५२ वडाको नेतृत्व चयन

नेकपा माओवादी केन्द्र जुम्लामा ५२ वडाको नेतृत्व चयन भएको छ । माओवादीले मंसिर ४ गते एकै साथ शुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडा मध्ये ५२ वडाको नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका इन्चार्जले अधिवेशन हुन बाँकी वडाको पनि एक दुई दिनभित्र अधिवेशन हुने बताएका छन् ।

माओवादी नेता पूर्ण प्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीको ८, सिञ्जाको ६, हिमा ७ र तिलाका ९ वटा वडाका सम्मेलनबाट नेतृत्व चयन भई सम्पन्न भईसकेको छन् । यता गुठिचौर गाउँपालिकाका ईन्चार्जका अनसार गुठिचौरका ५ वडा मध्य ४ र ५ गते दुई वटा वडाको सम्मेलन सहित नेतृत्व चयन भईसकेका र बाँकी ३ वडाको भइरहेका छन् ।

चन्दननाथ नगरपालिका अध्यक्षका अनुसार चन्दननाथ नगरपालिकाका वडा नम्बर ५ वाहेक ९ वटा वडाको सम्पन्न भईसकेको र ५ वडाको हुने तयारी भएको छ । यता पातारासी गाउँपालिकाका ४ वटा वडा सम्मेलनबाट नेतृत्व भइसकेको बाँकी तयारी भइरहेका नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । माओवादीको वडा समिति २९ सदस्यीय हुने व्यवस्था अनुसार वडा स्तरको नेतृत्व चयन भएको हो ।

यसैगरी हरेक टोल कमिटी १९ सदस्यीय, सेल कमिटी १५ जनाको गठन गरिएको छ । पूर्वराज्यमन्त्री कुँवरका अनुसार स्थानीय तहमा पालिका कमिटी ५५ जनाको हुने र नेकपा माओवादीको केन्द्रीय सर्कुलर अनुसार ११ गते पालिका स्तरीय सम्मेलन हुने भएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्