राप्रपा अध्यक्ष कमल थापाले मध्यमार्गी बाटोबाट अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
पार्टीको बुधबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले कसैले पनि कसैलाई निषेध गर्न नहुने भन्दै गणतन्त्रवादी र राजावादीसमेत अटाउने मध्यमार्गी बाटोबाट अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
संविधानमा आफूहरुले हिन्दुराष्ट्र र राजसंस्थालाई स्थान दिन नसकेको बताउँदै थापाले आफूहरुले विद्रोहको बाटो अनुशरण नगरी प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै आफ्नो मूल्य र मान्यता स्थापित गर्न रणनीति अबलम्बन गरेको पनि बताएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्