२०८३ बैशाख २१, सोमवार

माओवादी को स्थायी कमिटी बैठक जारी

नेकपा (माओवादी) केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टीको आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय छ ।

बैठकमा सम्मेलनमा प्रस्तुत गरिने पार्टीका विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोटको मापदण्डलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्