राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उमेदवारी दर्ता गराएका छन् ।
शुक्रबार काठमाडौंको भृकुटीमन्डपस्थित पार्टीको निर्वाचन समितिको कार्यालय पुगी उनीहरूहरूले प्यानलसहित उमेदवारी दर्ता गराएका हुन् ।पार्टीको सदस्य पदमा १४१ जना चुनिनेछन् । हालसम्म सदस्यमा १९६ को उमेदवारी परेको छ । एक नेताले मतदान भने भोलि बिहान हुने जानकारी दिएका छन् ।
अध्यक्ष पदका लागि कागजी मतपत्र र अरू पदका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग हुने भएको जानकारी दिइएको छ ।







प्रतिक्रिया लेख्नुहोस्