२०८३ बैशाख २१, सोमवार

ओलीको दिन सकियो: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टी केपी ओलीको निजी कम्पनी भएको बताएका छन् । अध्यक्ष नेपालले एमालेभित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा ओलीले राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादीसँग एक गर्नेसमेत दाबी गरेका छन् ।

सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको टिप्पणी समेत गरेका छन् । एमाले भित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताएका छन् ।
उनले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको समेत बताएका छन् । अध्यक्ष नेपालले एमाले भन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गएकोसमेत दाबी गरेका छन् । उनले गठबन्धनको सरकारमा सहभागि दलकाअघि ओलीको केही नलाग्ने ठोकुवा समेत गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्