नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा नेताहरु आउने क्रम सुरु भएको छ । भृकुटीमण्डपमा सुरु हुन लागेको उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल पुगेका छन् ।
त्यस्तै अन्य राजनीतिक दलहरुका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी नेतृ दूर्गा पौडेल महाधिवेशनस्थल पुगेका छन् ।
त्यस्तै अन्य पार्टीका प्रमुखहरु आउनेक्रम जारी छ । केही विदेशी नेताहरु पनि महाधिवेशनस्थल पुगेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्