२०८३ असार ५, शुक्रबार

यस्तो छ मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची

संघीय संसदका दुवै सदनको बैठक मंगलबार सुरु हुँदैछ। मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा केही अध्यादेश पेश गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

संभावित कार्यसूची सार्वजनिक गर्दै सचिवालयले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश हुने जनाएको छ। त्यसैगरी रेल्वे अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि पेश हुनेछ।

आफूले कारबाही गरेका सांसदहरुलाई कारबाहीको सूची टाँस नगरेको भन्दै विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले आफूहरुको विरोध जारी रहने जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्