एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् ।
तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित एक कार्यक्रमा ओलीले मनोनित ४४ सदस्यलाई शपथ ग्रहण गराएका हुन् । एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेकको थियो ।
एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कूल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनित गरिएको हो ।







प्रतिक्रिया लेख्नुहोस्