२०८३ बैशाख २१, सोमवार

विश्वप्रकाश सानेपामा गए पनि थापा नजाने

काँग्रेस महामन्त्रीको जारी मतगणनामा जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन् । काँग्रेस प्रवक्ता समेत रहेका उनी प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए ।

सानेपा परिसरमा सञ्चारकर्मीलाई छोटो कुराकानी गर्दै उनले आफूले सबै कुरा सुन्दरीजलमा गएर राख्ने बताएका छन् । ‘अब सबैको काँग्रेस सबैलाई जोड्ने काँग्रेस बनाउँछु । आगामी यात्राबारे सुन्दरीजलको माटो ढोकेर नै सबैकुरा बताउँछु’, उनले भने । काँग्रेसको मतगणना अन्तिम चरणमा पुग्दा सानेपा पुगेका विश्वप्रकाश अविर दलिएको अवस्थामा विजय भावमा थिए ।काँग्रेस महामन्त्रीमा विजयी भएका गगन थापा बिहीबार पार्टी कार्यालय सानेपामा नजाने भएका छन् ।

अर्का नेता विश्वप्रकाश शर्मा जित नजिक पुगेसँगै सानेपा गएपनि गगन भने सानेपा नजाने भएका हुन् । गगन सानेपामा नगएर राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो ४ बजे पुग्नेछन् । त्यहाँ बधाई कार्यक्रम हुने बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्