२०८३ जेष्ठ ४, सोमवार

कांग्रेस महाधिवेशन: सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह निर्वाचित

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।

२७७६ मत ल्याएर मुस्लिम कोटाबाट फर्मुल्लाह विजयी भएका हुन् । अर्का उमेदवार शेख वकिलले १८७१ मत ल्याएका छन् । हिजोदेखि सहमहामन्त्रीको मतगणना जारी छ ।

अनौपारिक रुपमा मतपरिणामबारे सूचना दिइए पनि समितिले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।

प्रतिक्रिया लेख्नुहोस्