नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ९८ दिन लामो उपचारपछि डिस्चार्ज भएका छन् ।
जन्डिस बिग्रिएका कारण स्वास्थ्यमा समस्या आएपछि सुरुमा थाइल्यान्ड गएका उनी थाइल्यान्डबाट रेफर भएर उपचारका चीन पुगेका थिए । चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा उपपचार गराइरहेका उनी आज डिस्चार्ज भएका हुन् ।उनी आउँदो शुक्रबार नेपाल फर्कने तय छ ।
पुनका साथमा उनकी धर्मपत्नी ओनसरी घर्ती पनि गएकी थिइन् । उनी पनि शुक्रबार नेपाल फर्कनेछिन्।







प्रतिक्रिया लेख्नुहोस्