उपचारका लागि चीनमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त माघ १० स्वदेश फर्किने भएका छन् ।
नेता पुनले शनिबार सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । कमलपित्त रोगबाट पीडित उनी केही हप्ता अघिदेखि चीनमा उपचार गराउँदै आएका थिए ।
चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य बनेको बताइएको छ ।नेता पुनले चीनअघि थाइल्याण्डमा उपचार गराएका थिए ।







प्रतिक्रिया लेख्नुहोस्