२०८३ भदौ १, सोमवार

आयोगले स्थानीय तहको निर्वाचनका लागि प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने अडान राख्दै आएको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ ।

यसअघि आयोगले दुई चोटि प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ भने यसै साता विज्ञप्तिसमेत जारी गरेर वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न दबाब दिइसकेको छ ।

‘सम्भवतः समय मिल्यो भने आजै आयोगका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई भेट्नुहुनेछ,’ निर्वाचन आयोगका एक अधिकारीले भने, ‘आयोगले पटक–पटक सरकारको ध्यानाकर्षण गरिसकेको छ, जनप्रतिनिधिहरूको कार्यकाल सकिनु पूर्व नै स्थानीय तहको चुनाव हुनुपर्छ र त्यसका लागि तत्कालै मिति तोकिनुपर्छ ।’

प्रतिक्रिया लेख्नुहोस्