२०८३ भदौ १, सोमवार

जसपाद्वारा बुटवलमा मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता

५ दलीय गठबन्धनसँग भागबण्डा नमिलेपछि जसपाले बुटवलमा मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको छ । मेयरमा मिलन घिताङ्ग र उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गएका हुन् ।

जसपाले वडा तहमा भने भोलि उम्मेदवारी दर्ता गर्नेछ । लुम्बिनी प्रदेशमा गठबन्धनबाट जसपा बाहिर आएको छ । मेयर उम्मेदवारी दर्ता गराएका घिताङ्ग पार्टी युवा संघका नगर अध्यक्ष हुन् ।

जसपा लुम्बिनी प्रदेश सह इन्चार्ज कमल खनालले गठबन्धन जसपालाई उचित स्थान नदिएपछि आफ्नै तरिकाबाट चुनावी मैदान जाने क्रममा बुटवलमा उम्मेदवारी परेको बताएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्