२०८३ असार २१, आइतवार

स्थापितभन्दा ८,१४५ मतले अगाडि बालेन

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै दोब्बर मतको अग्रता कायमै राखेका छन्।

४३ हजार ३४८ मत गन्दा बालेनले १६ हजार ९४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८ हजार ७ सय ९८ मत ल्याएका छन्। स्थापितभन्दा बालेनले ८ हजार १४५ मत बढी ल्याएका छन् ।

सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार सिर्जना सिंह ७ हजार ९ सय ८४ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

प्रतिक्रिया लेख्नुहोस्