स्थानीय तह निर्वाचनमा अन्तर्गत हालसम्म ६ सय ९८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले १८४ गाउँपालिका र १२३ नगरपालिका गरी ३ सय ९ स्थानमा प्रमुख जितेको छ ।
नेकपा एमालेले १२१ गाउँपालिका र ६७ नगरपालिका गरी १८८ तहमा जितेको छ ।नेकपा माओवादी केन्द्रले ९६ गाउँपालिका र २४ नगरपालिका गरी १२० स्थानमा विजय हासिल गरेको छ । नेकपा एकीकृत समाजवादीले ९ पालिका प्रमुख जित्दा जनता समाजवादी पार्टीले २० ओटा गाउँपालिका अध्यक्ष जितेको छ ।
अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले ५२ ठाउँमा बिजयी भएका छन् । निर्बाचन आयोगका अनुसार हाल मतगणना भइरहेका स्थानमा कांग्रेस १५, एमाले १७, माओवादी केन्द्र ३ र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका २(२ स्थानमा अगाडी रहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्