त्रिभुवन विश्वविद्यालमा नेपाली कांग्रेसको भातृ संस्था, नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । आज बिहीबार कीर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालयसहित पदाधिकारीहरुका कार्यकक्षमा नेविसंघ त्रिवि समितिले ताला लगाएको हो ।
नेविसंघले पदाधिकारीलाई बर्खास्तीलगायत विभिन्न माग राखेर यसअघि माघ ७ गतेदेखि निरन्तर तालाबन्दी गर्दै आएको थियो । तर बुधबार नेकपा (क्रान्तिकारी)ले ताला फुटाएको थियो ।
नेकपा क्रान्तिकारी का नाममा नक्कली विज्ञप्ति टाँसेर ताला फुटाइएको भन्दै नेविसंघले विरोधसमेत गरेको छ । नेकपा क्रान्तिकारी ले ताला फुटाएको विरोध गर्दै नेविसंघले आज फेरि तालाबन्दी गरेको छ ।








प्रतिक्रिया लेख्नुहोस्