२०८३ भदौ ६, शनिबार

पर्यटनमन्त्री प्रेम आलेलाई जिम्मेवारीबाट हटाउन पर्यटन व्यवसायीहरूको संयुक्त माग

पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरूको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।

नेपाल पर्यटन व्यवसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्