२०८३ असार २१, आइतवार

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५६ सिटको नतिजा सार्वजनिक

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५६ सिटको अन्तिम परिणाम आइसकेको छ।

सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जीत हासिल गरेको छ। पछिल्लो पटक रामेछापबाट कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् भने महोत्तरी–१ बाट महोत्तरी–१ मा एमालेका लझ्मी महतो कोइली निर्वाचित भएका छन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा ९एकिकृत समाजवादी०ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७–७ क्षेत्रमा विजयी भएका छन्।

साथै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेका छन्। अझै ९ स्थानको नतिजा आइसकेको छैन। ६ स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने ३ स्थानमा मतगणना सुरु हुन सकेको छैन। बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो।

हालसम्म दोलखा–१, स्याङ्जा–२, सुनसरी–१, ३ र ४, बाजुरा, इलाम–१, उदयपुर–१ को नतिजा आउन सकेको छैन।

प्रतिक्रिया लेख्नुहोस्