२०८३ असार २०, शनिबार

गृहमन्त्री लामिछानेको स्वीकारोक्ति-‘आचार्यको आत्मदाह निर्णय फेर्न सकेनौँ’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरूको आगमनले पनि युवामा उत्साह थप्न नसकेको स्वीकार गरेका छन् ।

नयाँ बानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरूको आगमनलेसमेत उत्साह थप्न र आशा जगाउन नसक्दा आत्मदाह निर्णय फेर्न नसकेको भन्दै आत्मदाह निर्णय हिजोदेखिको निराशा र पिडाको परिणाम भएको दाबी गरेका छन्।

उनको ज्यान जानुमा आफू दोषी रहेको गृहमन्त्री लामिछानेको भनाइ छ । ‘म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकेनौं, हामीलाई माफ गर्नुहोला,’ गृहमन्त्री लामिछानेले लेखेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्