२०८० चैत्र १४, बुधबार

म अभिमन्यु होइन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू अभिमन्यु नभएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त आफू अभिमन्यु नभएको बताएका छन्।

उनले आफूलाई भन्न, लेख्न केही बाँकी रहेको होला भन्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेका छन्। उनले आफ्नो मौनता आज सम्मका लागि मात्रै भएको पनि बताएका छन्। उनले लेखेका छन्, ”अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।”

नागरिकता विवादमा तानिएका उनीलाई सर्वोच्चो अदालतले २०७९ माघ १३ गते अनागरिक भएको फैसला सुनाएको थियो। सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धि मुद्दाको फैसला सुनाउँदै उनको सांसद पद नरहने जनाएको थियो। उनले वि।सं २०७९ असार १ गते ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका उनले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि असोज २३ गते चितवन २ बाट उम्मेद्वारी दिएका उनी मङ्सिर ८ गते प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

 

प्रतिक्रिया लेख्नुहोस्