२०७९ चैत्र १२, आइतवार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत पाएका छन् । विश्वासको मत पाउन नसक्दा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि सबैभन्दा ठूलो पार्टीको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता शाहले विश्वासको मत पाएका हुन् ।

कूल ५२ सदस्य रहेको सुदूरपश्मि प्रदेशसभामा शाहले ४० मत पाएका छन् भने विपक्षमा ११ मत परेको छ । विश्वासका लागि २७ मत पर्याप्त भए पनि शाहले प्रदेशसभाबाट ४० मत पाएका हुन् । उनको विपक्षमा एमालेको १० र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सदस्यले मात्र मत दिएका छन् ।

पक्षमा नेपाली कांग्रेससहित मओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी)सहित स्वतन्त्र सांसदले मत दिएका हुन् ।

 

प्रतिक्रिया लेख्नुहोस्