प्रधानमन्त्री केपी शर्मा ओलीले १५-२० दिनपछि संसद खुल्ने बताएका छन्। संसद बन्द गरेर अध्यादेश ल्याएको भन्दै विपक्षीहरूले विरोध गरिरहेका बेला प्रधानमन्त्री ओलीले १५-२० दिनमा संसद खुल्ने र अध्यादेशहरू पेस गरेर छलफल गर्ने बताए।
उनले जनतालाई सेवा दिन र विकासको गति बढाउन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याइएको प्रस्ट पारे। काठमाडौंमा आयोजित कार्यक्रममा उनले दुई महिनाभित्रै ती अध्यादेशमार्फत बन्ने कानुन पारित गर्ने बताए।
‘जनतालाई सेवा दिन र व्यवसायीलाई सकारात्मक सहयोग गर्न हामीले अध्यादेश ल्याएका हौं। कतिपयले अध्यादेशले शासन गर्न खोज्यो भनेर विरोध गर्न खोजेका छन्। १५-२० दिनभित्र संसद आइसक्छ। संसद् आएको पहिलो दिन त्यहाँ पेस गर्छौं। त्यहाँ छलफल गर्छौं। अगाडि बढाउँछौं,’ प्रधानमन्त्री ओलीले भने।
प्रतिक्रिया लेख्नुहोस्