२०८३ जेष्ठ ४, सोमवार

एमाले पोलिटब्युरो बैठक सम्पन्न : विधान संशोधन प्रस्ताव पारित

नेकपा एमालेको दुईदिने पोलिटब्युरो बैठक सकिएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उपाध्यक्ष विष्णु पौडेलले सचिवालयमा पेस गरेको र संशोधनपछि आएको विधान संशोधन प्रस्ताव पारित भएको छ।

संशोधित प्रस्तावमा ७० वर्षे उमेरहद हटाइएको, नेतृत्वमा दुई कार्यकालको सीमा हटाइएको, १५ सदस्यीय पदाधिकारी रहने र वरिष्ठ उपाध्यक्षको व्यवस्था नरहने प्रावधान समावेश छन् ।

बैठकमा पदाधिकारीबाहेक ६८ जनाले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्