२०८३ अशोज १९, सोमवार

प्रधानमन्त्री पदको गरिमा रहेन: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री पदको गरिमा कायम राख्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक मञ्चमा व्यक्त गरेको अभिव्यक्तिप्रति टिप्पणी गर्दै साम्पाङले प्रधानमन्त्रीजस्तो पदमा बसेको व्यक्तिले खुलामञ्चमा ‘त्यति तल झरेर’ बोल्न नहुने बताएका हुन् । साम्पाङले प्रधानमन्त्रीले ‘मैले बाटो बनाएकोले हिँड्न पायौ’ भन्ने किसिमको अभिव्यक्ति दिनु उपयुक्त नभएको बताएका हुन् ।

‘प्रधानमन्त्री जस्तो पदले खुल्लामञ्चको बारे त्यति तल झरेर किन बोल्या होला? प्रधानमन्त्री भन्ने पदको गरिमा रहेन यो देशमा। मैले बाटो बनाकोले हिँड्न पायौ भन्ने किसिमले बोल्नु कतिसम्म उपयुक्त होलारु भोलि फेरि मैले बनाएको बाटोमा हिँड्न पाउँदैनस् भन्यो भने त बितायो,’ साम्पाङले सामाजिक सञ्जालमार्फत भने ।

प्रधानमन्त्री शाहले आइतबार राति सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै व्यङ्ग्य गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्