२०८३ अशोज २१, बुधबार

कांग्रेस पदाधिकारीमा को–को भिड्दैछन्? (नामावलीसहित)

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार विभिन्न पदमा दर्ता भएका उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको हो।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो। प्रथम नामावलीमा कुनै दावी विरोध रहेमा प्रक्रियासम्मत दावी विरोधका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्मका लागि समय तोकिएको छ । प्रकाशित नामावलीअनुसार सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ। सभापतिका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन्।

वरिष्ठ उपसभापति एक पदका लागि भने विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमा वरिष्ठ उपसभापतिमा शर्माको एकल उम्मेदवारी परेको उल्लेख छ।

निर्वाचन समितिका अनुसार प्रथम नामावलीमा कुनै दाबी–विरोध वा आपत्ति भएमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। दाबी–विरोध तथा आपत्तिको प्रक्रिया पूरा भएपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ । सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भएपछि अब निर्वाचन समितिले दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्नेछ।

सभापति
१. गगनकुमार थापा
२. किशोरसिंह राठौर
३. श्यामकृष्ण खड्गी

वरिष्ठ उपसभापति
१. विश्वप्रकाश शर्मा

उपसभापति महिला
१. पुष्पा भुसाल

उपसभापति खुला

१. डा. चन्द्रकान्त भण्डारी

२. देवराज चालिसे

३. सुरेन्द्रराज पाण्डे

४. मधु आचार्य

५. डा. मिनेन्द्र रिजाल

६. दीपक गिरी

७. धनराज गुरुङ

८. गोविन्द भट्टराई

९. डा. चन्द्रमोहन यादव

उपसभापति समावेशी

१. विनोद चौधरी

२. फरमुल्लाह मन्सुर

३. जीवन परियार

४. रञ्जित कर्ण

५. सीता गुरुङ

महामन्त्री खुला

१. प्रदीप पौडेल

२. गुरुराज घिमिरे

३. उदयशमशेर राणा

४. अमरसिंह पुन

५. नैनसिंह महर

६. शंकर तिवारी

७. डा. सुनील शर्मा

८. डा. सन्तोष उपाध्याय

महामन्त्री महिला

१. डिला संग्रौला

२. रिता खनाल

३. महालक्ष्मी उपाध्याय ‘डिना’

सहमहामन्त्री महिला

१. नानुमैया बास्तोला

२. प्रतिमा गौतम

सहमहामन्त्री खुला

१. अजयबाबु शिवाकोटी

२. अमृतकुमार अर्याल

३. देवेन्द्रराज कण्डेल

४. दिनेश कोइराला

५. डिल्लीराम सुवेदी

६. विकास कोइराला

७. विमलराज क्षेत्री

८. रमेशप्रसाद धमला

९. रामहरि खतिवडा

१०. राजीव ढुंगाना

सहमहामन्त्री आदिवासी जनजाति

१. ओमबहादुर घर्ती मगर

२. तारामान गुरुङ

३. दिलमान पाख्रिन

४. प्रशान्तमानसिंह मास्के

५. बहादुरसिंह लामा तामाङ

सहमहामन्त्री दलित

१. नरेन्द्र पासवान

२. प्रकाश रसाइली ‘स्नेही’

३. मानबहादुर नेपाली

४. लक्ष्मी परियार

सहमहामन्त्री मधेशी

१. अजयकुमार चौरसिया

२. अभिषेकप्रताप शाह

३. किरण यादव

४. नगिना यादव

५. मनिषकुमार मिश्र

६. महेन्द्र यादव

७. मुक्ता कुमारी यादव

८. रामपल्टन शाह

सहमहामन्त्री खसआर्य

१. जगदिश्वर नरसिंह केसी

२. मनोजमणि आचार्य

३. शुभराम बस्नेत

सहमहामन्त्री थारू

१. तेजुलाल चौधरी

२. योगेन्द्र चौधरी

३. सुरेन्द्रप्रसाद चौधरी

सहमहामन्त्री मुस्लिम

१. अतहर कमाल मुसलमान

२. अब्दुल सत्तार

३. डा. मो. फिरदौश आलम

सहमहामन्त्री पिछडिएको क्षेत्र

१. जीवनबहादुर शाही

२. कर्णबहादुर बुढा

३. जनकराज गिरी

४. रामबहादुर विष्ट

५. नारायणप्रसाद भट्टराई

६. मिनबहादुर भाम

७. राजन कुँवर

सहमहामन्त्री अल्पसंख्यक वा अपाङ्गता

१. आङगेलु शेर्पा

२. नगेन्द्रकुमार कुमाल

३. बाबुकृष्ण सापकोटा

४. योगेश गौचन थकाली

 

प्रतिक्रिया लेख्नुहोस्